1
२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यस पछिका परकम्पहरुबाट पूर्णरुपमा क्षतिग्रस्त भएका आवासहरुको पुनर्निर्माणएवंबस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधारहरुको पुनर्निर्माण गर्ने कार्यहरुको समन्वय, सहजीकरण र कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण तथा पुनर्स्थापना नीति, २०७२ अनुसार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र अन्तर्गतका निकायहरुमा गठन हुने आवास¸ वस्ती विकास¸ सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणकेन्द्रिय आयोजना कार्यान्वयन ईकाई (CL-PIU) र आवास वस्ती विकास सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन ईकाई (DL-PIU) हरुलाई तोकिएको छ।
भूकम्प पश्चात लगत्तै सहरी विकास तथा भवन निर्माण विभागले विभागका उपमहानिर्देशक प्रमुख रहने गरी ADB को सहयोगमा संचालन हुने सरकारी भवन निर्माण सम्वन्धी कार्यहरुका लागि र The World Bank (IDA), JICA को सहयोगमा संचालन हुने आवास निर्माण एवं आवास सम्बन्धी राष्ट्रियरअन्तर्राष्ट्रिय गैर सरकारी सस्थाहरुको परिचालन तथा अन्य पूर्वाधारहरुका लागि २ वटा छुट्टाछुट्टै आयोजना कार्यान्वयन ईकाई गठन गरी उल्लेखित कार्यहरु गर्दै आएको छ भने जिल्ला स्तरमा समेत डिभिजन विस्तार गरी डिभिजन कार्यालय मातहत११ वटा जिल्लामा एसियाली विकास बैंकको सहयोगमा संचालन हुने आयोजनाको लागि र ५ जिल्लामा विश्व बैक र जाईकाको सहयोगमा संचालन हुने कार्यक्रमका लागि जिल्ला आयोजना कार्यान्वयन ईकाई गठन गरी पुनर्निर्माण सम्वन्धी कार्यहरु गर्दै आएको छ।यसका साथै पुनर्निर्माण सम्वन्धी कार्यहरु गर्न भूकम्पबाट अति प्रभावित सबै जिल्लाहरुमा विभागको डिभिजन कार्यालयहरु रहने गरी थप १० वटा नयाँ डिभिजन कार्यालयहरु यसै आ।व। मा स्थापना भईसकेको छ।माथि उल्लेख भए बमोजिमका केन्द्रिय आयोजना कार्यान्वयन ईकाईहरु (CL-PIU) र जिल्ला आयोजना कार्यान्वयन ईकाईहरु (DL-PIU) का लागि आयोजनागत रुपमा केही दरवन्दीहरु स्वीकृत भइसकेको छ भने केही दरवन्दीहरु स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा पेश गरिएको छ।
नेपाल सरकार, सहरी विकास मन्त्रालय अन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास, आवास र भवन निर्माणसंग सम्वन्धित कार्यक्रम र आयोजनाहरु हेर्ने नेतृत्वदायी निकाय हो। यस विभाग अन्तर्गत हाल विभिन्न ३३ वटा डिभिजन कार्यालयहरु भौगोलिक रुपमा कार्यरत रहेका छन् भने विशिष्ट महानूभावहरुको आवास तथा सेवा सुविधाको ब्यवस्थापन हेर्ने गरी भवन निर्माण संभार डिभिजन कार्यालय अनामनगर र भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर छन्। धनकुटा, काठमाडौं, पोखरा र सुर्खेतमा राजपत्रांकित प्रथम श्रेणीका सु।ई।को नेतृत्वमा डिभिजन कार्यालयहरु र भवन निर्माण संभार डिभिजन कार्यालय, अनामनगरमा पनि रा।प। प्रथम श्रेणीका सु।ई।को नेतृत्वमा डिभिजन कार्यालय रहेको छ।बाँकी सबै डिभिजन कार्यालयहरु र तालिम केन्द्र रा।प। द्धितीय श्रेणीका सि।डि।ई।को नेतृत्वमा रहेका छन्।
माथि उल्लेखित डिभिजन कार्यालयका अतिरिक्त विभाग अन्तर्गत नेपाल सरकारका श्रोतबाट आवास तर्फ जनता आवास कार्यक्रम र शहरी विकास तर्फ नयाँ शहर आयोजना कार्यान्वयनमा रहेको छ भने दातृ निकायको सहयोगमा संचालित सहरी विकाससंग सम्वन्धित विभिन्न आयोजनाहरु जस्तै : MSTIUEIP, IUDP, IUDP -II, UGDP रहेका छन्। यसै गरी सामुदायिक भवन र मठमन्दिर निर्माण सुधारका काम हेर्नका लागि विशेष भौतिक पूर्वाधार क्षेत्र विकास आयोजना समेत रहेको छ।२०५८ सालको कार्यक्षेत्र र कामको आयतनको आधारमा राखिएको दरवन्दी र सो अनुरुपको जनशक्ति हालको कार्यक्रमलाई दृष्टिगत गर्दा अपर्याप्त मात्र होइन अति न्यून रहेको छ। छ।विभागको हालको मौजुदा प्राविधिक जनशक्तिमा रा।प।प्रथम९प्रा।०( १०, रा।प।द्वितीय९प्रा।०( ५९, रा।प।तृतीय९प्रा।०( २२५, गरी जम्मा २९४ रहेको छ।हाल राष्ट्रिय पूनर्निर्माणतथा पूनः स्थापना नीति २०७२ जारी भै लागू भईसकेको अवस्थामा सहरी विकास मन्त्रालयमा एउटा केन्द्रिय आयोजना कार्यान्वयन इकाई (CL-PIU) र भुकम्प प्रभावित प्रत्येक जिल्लामा एक(एक वटा जिल्ला आयोजना कार्यान्वयन इकाई (DL-PIU) गठन गर्नुपर्ने अवस्था रहेको छ । यसरी गठन हुने CL-PIU, DL-PIU र श्रोत केन्द्र एवं न।पा।रगाउँपालिका तहमा आवश्यक पर्ने जनशक्ति र संगठन संरचना प्रस्ताव गरी यो प्रतिवेदन तयार पारिएको छ।